महालेखापरीक्षकको कार्यालय

"नेपालको सर्वोच्च लेखापरीक्षण संस्था"

लेखापरीक्षण सल्लाहकार समितिको उन्‍नाइसौँ बैठक

लेखापरीक्षण सल्लाहकार समितिको १९ औ बैठक मिति २०८० जेठ ४ गते दिनको २ बजे माननीय महालेखापरीक्षक श्री टंकमणि शर्मा दंगालको अध्यक्षततामा सम्पन्न भयो। उक्त कार्यक्रममा उपमहालेखापरीक्षक तथा समितिका सचिव श्री महेश्वर काफ्लेज्यूले माननीय महालेखापरीक्षक टंकमणि शर्मा दंगालको ६ वर्षे कार्यकालको अवसरमा महालेखापरीक्षकको ६ बर्षिय कार्ययोजनाको उपलब्धी मुल्यांकनको पुस्तक तयार भएको जानकारी गराउनु भयो ।

उक्त अवसरमा माननीय महालेखापरीक्षक श्री टंकमणि शर्मा दंगालले आफ्नो कार्य अवधिमा उपलब्धिको रूपमा महालेखापरीक्षकको कार्यालयको भवन र Nepal Audit Management System (NAMS)  को बारेमा चर्चा गर्नु भएको थियो । कोभिड १९ को कारणबाट केही महत्वपूर्ण कार्यहरू सम्पन्न गर्न नसकिएको र आफ्नो महालेखापरीक्षकको कार्ययोजना (२०७४-२०८०) कार्यान्वयन तथा उपलब्धि मुल्यांकन पुस्तक सबिस्तार रूपमा प्रकाशन हुने विषयमा जानकारी गरउदै अाफ्नो कार्यकालमा सल्लाहकार समितिका सबै सदस्यहरुबाट प्राप्त सल्लाह तथा सुझावको लागि हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो। 

  • साइट भ्रमण

कार्यालय समय

बिहान १०:०० बजे देखि - अपरान्ह ५:०० बजे सम्म (कार्तिक १६-माघ १५ सम्म अपरान्ह ४ :०० बजे सम्म)

शुक्रबार : बिहान १०:०० बजे देखि अपरान्ह ३:०० बजे सम्म